वरिष्ठ नेता पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस पदाधिकारी बैठक सर्‍यो

बैशाख २०, काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सरेको छ।

आज दिउँसो २ बजेको लागि बोलाइएको बैठक स्थगीत गरिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्वास्थ्यमा सामान्य समस्या देखिएका कारण आज बैठक स्थगित गरिएको काँग्रेसले जनाएको छ ।

अब बैठक भोली बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

आजको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेसँगै कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्ने कार्यसूचि थियो ।
सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि बोलाएको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको हो।

प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद बैठकमा वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराएका थिए।

यसैबीच प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरिसकेकी छन्।