भारतमा थप ३ लाख ६८ हजार संक्रमित थपिए

वैशाख २० , दिल्ली- भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ लाख ६८ हजार १४७ नयाँ संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा ३ हजार ४१७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या १ करोड ९९ लाख नाघेको छ ।

त्यस्तै कोरोना संक्रमणको कारण २ लाख १८ हजार ९५९ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३४ लाख १३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।