देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

बैशाख २०,काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले दिउँसो ३ः३० बजेबाट ओलीले देशको समसामयिक विषय र कोभिड-१९ को स सन्दर्भमा सम्बोधन गर्नेछन् ।

उनका अनुसार सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनबाट हुनेछ ।

देश कोरोना संक्रमणका कारणका आक्रान्त भएका बेला उनले सम्बोधनलाई चासोका साथ हेरिएको छ ।

उनले विशेष परिस्थितिमा देशबासीको नाममा सम्बोधन गर्ने गरेका छन् ।