असार महिनासम्म राष्ट्रिय जनगणना स्थगित

वैशाख २०, काठमाडौं-राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै गणना स्थगीत गरिएको जानकारी दिए ।