बुटवलमा थप ६ जना संक्रमितको मृत्यु

वैशाख २०,बुटवल – रुपन्देहीको बुटवलमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

२४ घण्टाको अवधिमा रुपन्देहीका ३ र अन्य जिल्लाका तीनजनाको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका–७ निवासी ४३ वर्षीय पुरुषको आज विहान ९ः५० बजे मृत्यु भएको छ । वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।

 

यस्तै सल्यानको शारदा -११ निवासी ४३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । वैशाख १८ गते संक्रमण पुष्टि भएका उनी सोही दिनदेखि अस्पताल भर्ना भएका थिए । उनमा ज्वरो र श्वासप्रस्वास सम्बन्धी समस्या थियो ।

अर्घाखाँचीको धातिवाङ-८ निवासी ७५ वर्षीय पुरुषको आज विहान मृत्यु भएको डा. गौतमले जानकारी दिए । उनमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बुटवल-४ रुपन्देही निवासी ८४ वर्षीय पुरुषको आज र बुटवल–९ रुपन्देहीका ६१ वर्षीय पुरुषको गएराति साढे आठ बजे मृत्यु भएको छ ।

बुटवल-११ रुपन्देहीकै ६५ वर्षीय पुरुषको आइतबार दिउँसो ३:५० बजे मृत्यु भएको छ । वैशाख १६ गते संक्रमण पुष्टि भएका उनी १८ गतेदेखि अस्पताल भर्ना भएका थिए ।