कोरोना कहर : बाफ लिनु ठिक कि बेठिक

वैशाख १५ , काठमाडौँ- अधिकांश मानिसले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बाफ लिने गरेको पाइन्छ।

मानिसले दिनको दुईदेखि तीन पटकसम्म र १५ देखि २० मिनेटका लागि बाफ लिनुपर्ने समेत सुझाउने गर्छन्। तर, हालसम्म बाफ लिँदा कोरोना भाइरस मर्ने वा सङ्क्रमण नहुने जस्ता प्रमाण भेटिएको छैन।

अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र ९सिडिसी० तथा विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले हालसम्म कोरोना भाइरसको उपचारका लागि स्टिम लिनुपर्ने सुझाव दिएका छैनन् ।

सिडिसीका अनुसार स्टिम थेरेपीले कोरोना भाइरस मार्न मद्दत गर्नसक्ने विषयमा कुनै पनि वैज्ञानिक अध्ययनको प्रमाण छैन। र, बाफ लिँदा मानिसको अनुहार पोल्ने वा अन्य समस्यासहित थप जोखिममा पार्न सक्छ।

बाफ लिनाले बन्द भएको नाक खोल्न र श्वासप्रश्वास समस्याबाट मुक्त गर्नसक्ने अमेरिकी फोक्सो सङ्घका प्रमुख अल्बर्ट रिजो बताउँछन्। तर, यसले कोरना भाइरसलाई नमार्ने हुँदा यो कोरोनाको उपचार नभएको उनको दाबी छ।

टेक्सास ए एन्ड एम युनिभर्सिटी टेक्सरकानाको जीवविज्ञान विभागका डा। बेन्जामिन निमानले फोक्सो कमजोर हुने हुँदा तातो स्टिमले फोक्सो र वायुमार्गलाई बिगार्नसक्ने बताएका छन्।

स्पेनिस एसोसिएसनले प्रकाशित गरेको अध्ययनमा स्टिम इनहेलेसन थेरापीको प्रयोगले अनुहार पोल्ने सम्भावना निम्त्याउँछ।

त्यस्तै, भान्डर्बिल्ट विश्वविद्यालयमाका सङ्क्रामक रोग विशेषज्ञ डा. विलियम सेफनरको रिपोर्टका अनुसार कोरोना सङ्क्रमणको उपचारको रूपमा बाफ लिनु सही हुँदैन।

कोरोना भाइरसलाई तातो पानीको मोइस्चरमार्फत हटाउन सकिँदैन। तातो पानीले मुख पोल्न सक्ने हुँदा बाफ लिँदा अधिक सावधानी अपनाउन अति आवश्यक हुन्छ।