वाग्मती प्रदेशमा मन्त्रीपरिषद विस्तारः एक राज्यमन्त्री सहित तीन मन्त्री थपिए

वैशाख १५ , हेटौंडा- वाग्मती प्रदेशमा ती जना मन्त्री र एक राज्य मन्त्री थपिएका छन् ।

बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । केही समयअघि देखि बागमतीमा मन्त्रालय रिक्त थिए ।

उनले विस्तार गरेको नयाँ मन्त्रिमण्डलमा केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी दिइएको छ ।

सुरेश नेपाल उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री बनेका छन् ।

सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो । डा.रामकुमार अधिकारी सामाजिक विकास राज्यमन्त्रीका रुपमा सिफारिस भएका छन् ।