सुदूरपश्चिमको कैलालीमा निषेधाज्ञा जारी

बैशाख १४, धनगढी – सुदूरपश्चिमको कैलालीमा पनि निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना संक्रमणको दर तिव्र हुँदै गएपछि बिहीबारदेखि एक सातका लागि निषेधाज्ञा जारी गरिएको हो ।

यसअघि जिल्लामा बसेको सर्वपक्षीय बैठकले जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा गर्न सहमति दिएको थियो ।

भारतबाट फर्किने नेपालीमा अनुपातमा दैनिक सयभन्दा बढीमा कोरोना देखिन थालेपछि नेपालमा पनि अवस्था खतरापूर्ण देखिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले कैलालीमा मात्रै सक्रिय संक्रमितको संख्या ८ सय नाघेकोले निषेधाज्ञाको निर्णय गरिएको बताए ।

सुदूरपश्चिममा कैलाली र कञ्चनपुरका अस्पतालमा गम्भीर प्रकृतिका बिरामी बढ्न थालेका छन् । त्यहाँ आइसीयु भेन्टिलेटरको अभाव देखिन थालेको छ ।