भारतमा विजयी र्‍याली गर्न नपाइने

दिल्ली :  कोरोनाका कारण आक्रान्त भारतमा विजय जुलुस गर्न रोक लगाइएको छ ।

कोरोना महामारीकै बीच विभिन्न प्रान्तमा विधानसभाको चुनावमा विजयीलाई विजयी र्‍याली गर्न रोक लगाएको हो ।

भारतको निर्वाचन आयोगले मतगणनाका दिन आगामी मे २ मा राजनीतिक पार्टीहरूले विजयी र्‍याली निकाल्न नपाउने बताएको छ। साथै विजयी भएका उम्मेदवारहरू पनि निर्वाचन आयोगमा प्रमाणपत्र बुझ्न जाँदा एक्लै जानुपर्ने भएको छ।

हाल भारतमा चार राज्य तथा एक केन्द्रशासित प्रदेशमा विधानसभा निर्वाचन भएको थियो।

यी सबै ठाउँको मतगणना आगामी २ मे मा हुनेछ। गत ८ अप्रिलमा सुरु भएको निर्वाचन पर्सि २९ अप्रिलमा सकिनेछ।

यसअघि भारतको मद्रास उच्च अदालतले चुनावी र्‍यालीहरूट कोभिड फैलिएको भन्दै भारतमा कोभिडको संक्रमण तीव्र रुपमा बढ्नुमा निर्वाचन आयोग दोषी रहेको बताएको थियो।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २३ हजार कोरोना संक्रमित थपिएका थिए। यो अवधिमा त्यहाँ २ हजार ७ सयभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।