निजी प्रयोगशालाई स्वास्थ्य मन्त्रालयको चेतावनी ः पीसीआर शुल्क तोकेभन्दा बढी लिएमा कारबाही

बैशाख १४, काठमाडौँ -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परिक्षणका लागि तोकिएको भन्दा बढी शुल्क नलिन अस्पतालहरुलाई चेतावनी दिएको छ ।

सरकारी तथा निजी प्रयोगशामा सरकार तोकेको भन्दा बढी मूल्य लिने गरेको गुनासो आइरहेको भन्दै तोकिएको मूल्य मात्र लिन आग्रह गरेको हो ।

यदि नियमको उल्लंघन गरि बढी शुल्क लिएको पाइएमा पीसीआर परिक्षण सूचिबाट हटाइने चेतावनी दिइएको छ ।