बिना निष्कर्ष टुंगियो जसपा बैठक

वैशाख १४, काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुको बैठक सकिएको छ ।

सत्ता साझेदारी र अविश्वासको विषयमा छलफल गर्न बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा छलफल भएको थियो । तर शीर्ष नेताहरुबीच सहमति हुन सकेन ।

जसपा स्रोतका अनुसार शीर्ष नेता नै विभाजित भएपनि सहमति जुट्न नसकेको हो ।

जसपाामा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले तत्काल कार्यकारिणी समितिको बैठक बोलाउनुपर्ने बताएका थिए । तर महन्थ ठाकुर पक्ष भने सहमति भएन ।