कास्की ज्लिलामा एकसाता निषेधाज्ञा जारी

वैशाख  १३ ,पोखरा -कोरोना नियन्त्रणका लागि कास्कीमा पनि मिनी लकडाउन हुने भएको छ ।


प्रमुख जिल्ला अधिकारीले सोमबार राति निषेधाज्ञा जारी गर्दै वैशाख १५ देखि २१ सम्म लागू हुने गरी कोरोनाविरुद्ध विभिन्न मापदण्ड अपनाउन आदेश जारी गरेका हुन् ।

जसअनुसार अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने, कास्कीभित्र संचालन हुने यात्रुबाहक सार्वजनिक तथा निजी सवारीसाधनमा जोर विजोर गर्नुपर्ने, अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयबाहेक अन्य बन्द गर्ने, दैनिक उपभोग्य पसल, निर्माण सामग्री पसल, औषधी लगायतका पसल खुले पनि अन्य पसलहरु बन्द गर्नुपर्ने आदेशमा उल्लेख छ ।