मन्त्रिपरिषद्को निर्णय : उपत्यकामा पहिलो चरणमा १५ दिन निषेधाज्ञा

बैशाख १३,काठमाडौ – काठमाडौँ उपत्यकामा पहिलो चरणमा १५ दिन निषेधाज्ञा जारी गरिएको छ ।

सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले राजधानीका तीन जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

यसअघि सोमबार दिउँसो काठमाडौँ, भत्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले १६ बैशाखदेखि २२ बैशाखसम्म एक साता निषेधाज्ञाको निर्णय गरेका थिए ।

मन्त्रिपरिषदले भने १६ बैशाखदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।