देउवाको सरकारलाइं आग्रह : कोरोना संक्रमण रोक्ने उपाय चाहियो

बैशाख १३, काठमाडौं -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको उपाय खोज्नु पर्ने बताएका छन् ।


सोमबार एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका देउवाले कोारेना संक्रमण नियन्त्रणका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

आम नागरिकहरुलाई कोभिड–१९ को सङ्क्रमणवाट सुरक्षित राख्न उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् । सरकार गम्भीर नहुनाले खोपको समुचित व्यवस्था हुन नसकेको उनले आरोप लगाएका हुन् ।
सभापति देउवाले मुलुक दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणको चपेटामा परेको वर्तमान परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल नियन्त्रणका हर सम्भव उपाय गर्न सरकारसँग माग गरेका छन् ।