राष्ट्रिय सभा उपनिर्वाचन : २४ वैशाखमा मनोनयन दर्ता

बैशाख १३,काठमाडौं -राष्ट्रिय सभा सदस्य बागमति प्रदेशको लागि जेष्ठ ६ गते निर्वाचन हुँदैछ । उक्त उपनिर्वाचनका लागि वैशाख २४ मा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नुपर्ने भएको छ ।

वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको आगामी जेठ ६ गते बिहीबार हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्दै निर्वाचन आयोगले वैशाख २४ मा मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिकासमेत सार्वजनिक गरेको छ ।

कार्यपालिका अनुसार
वैशाख २९ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

स्वीकृत कार्यक्रमअनुसार वैशाख २१ मा मतदाता नामावली प्रकाशन तथा दाबी विरोधको उजुरी दिने, वैशाख २२ र २३ मा निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने, वैशाख २३ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, वैशाख २५ मा उम्मेदवारको विरोधमा उजुरी दिने निर्वाचन कार्यतालिका छ । ९रासस०