वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

वैशाख १३ ,काठमाडौं -काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा वैशाख १६ देखि निषेधाज्ञा जारी हुने भएको छ ।

सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र गृह मन्त्रालयका प्रतिनिधबीच भएको छलफलले उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

 

‘वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय भएको छ ।

के(के बन्द हुने र के(के खुला हुने भन्ने विषयमा ड्राफ्ट बनाइरहेका छौं,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘निषेधाज्ञाको मोडालिटी र समयावधिबारे केहीबेरमा विस्तृतमा जानकारी दिनेछौं ।’

यसअघि बसेको सीडीओहरुको बैठकमा एक दर्जनभन्दा बढी सेवा सञ्चालनमा रोक लगाइने विषयमा छलफल भएको थियो । जसमा सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय, होटेल रेस्टुरेन्ट, सार्वजनिक सेवालगायत छन् ।