काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारी

बैशाख १३, काठमाडौं -काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारी गरिएको छ । उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा लगाउने तयारी गरिएको हो ।

सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच उपत्यकामा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको हो ।

 

प्रजिअहरुको बैठक निषेधाज्ञा गर्ने निर्णयमा पुगेपछि अहिले कुन(कुन क्षेत्र खोल्न दिने र कुन सेवा सञ्चालनमा रोक लगाउने भन्ने बारे निर्णय लिन गृह मन्त्रालयसँग परामर्श गरिरहेका बताइएको छ । निषेधाज्ञाको मोडालिटी र समयावधिबारे समेत मन्त्रालयको परामर्श लिन लागिएको हो ।

यसअघि बैठकमा एक दर्जनभन्दा बढी सेवा सञ्चालनमा रोक लगाइने विषयमा प्रजिअहरुबीच छलफल भएको थियो । थियो ।