नेकपा एमाले स्थायी कमिटी बैठक सुरु

बैशाख १२,काठमाडौं – सत्ताधारी नेकपा एमालेको विवाद चर्किरहेका बेला आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाइएको छ ।

आइतबार बिहान महाधिवेशन आयोजक कमिटीको बैठक डाकिएको थियो । तर आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाइएको हो । बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकले स्पष्टीकरण सोधिएका सांसदलाई कारबाही गर्न सक्ने आंकलन छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने माधव कुमार नेपाल पक्षका २७ मध्ये केहीलाई आजै कारबाही गर्ने तयारी बैठकको छ ।

अविश्वास प्रस्ताव आउने सूचना पाएपछि ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको बालुवाटार स्रोतले बतायो ।