रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शैक्षिक संस्था बन्द

बैशाख १२,बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाका शैक्षिक संस्था बन्द गरिएको छ ।

केहीदिनयता कोरोना संक्रमण र मृतकहरुको संख्या बढिरहेको भन्दै सुरक्षित हरनको लागि शैक्षिक संस्था बन् गर्ने निर्णय गरेको हो ।

आइतबार आकस्मिक रुपमा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिकोले बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ ।

नगरपालिकाद्धारा जारी विज्ञप्तिमा होस्टेलमा मृत्यु भएकी छात्राको घटनाको छानविनका लागि एक समिति गठन गर्नुका साथै, तत्काल हाटबजार, धार्मिक स्थल, विवाह लगायातका कार्यक्रम पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको हो । रुपन्देही जिल्लामा पनि कोरोना संक्रमणको अवस्था भयावह छ ।