एमाले माधव पक्षको रिटमाथि सर्वोच्चमा सुनुवाई हुँदै

बैशख १२, काठमाडौँ-नेकपा एमालेकोे निलम्वनमा परेका चार नेताको १४ बुँदे मागसहितको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ।

 

माधवकुमार नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावलको तर्फबाट संयुक्त रुपमा पेश गरिएको १४ बुँदे मागसहितको रिटमाथि आज न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा सुनुवाई हुन लागेको हो।

निलम्वित चार नेताले आफूहरुसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै आएका छन्।