ओलीसँगको भेटबारे बोले नेपाल– ओलीमा दम्भ धरहराभन्दा अग्लो छ

बैशाख १०,जनकपुरधाम– एमालेका नेता माधवकुमार नेपालले आफूहरुको पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् ।

जनकपुरधाममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले बुधबार र बिहीबार भएको ओलीसँगको भेटको बारेमा नयाँ खुलासा गरेका हुन् ।

उनले ओलीलाई पार्टी विधि र विधान अनुसार चलाउन आग्रह गरेको बताए ।

उनले भनेका छन्,‘ ओलीले भेटौ भन्नुभयो, ल त भेटौ न भनेर गइयो । पहिलो दिन अघि आशा लागेको थियो । तर दोस्रो दिन ओली सुध्रिने कुनै छाँट मेलै देखिन । उहाँमा झन बढी अहमता बढेको रहेछ । ’

आफ्नो अडान पार्टीलाई जेठ २ गतेको दिशामा लैजाउ भन्ने रहेको बताएका छन् ।

तर उहाँले हुन्न भयो । उनले एमालेलाई एकताबद्ध बनाउन लागिपरेको भन्दै पार्टी छोड्ने कुरा सत्य नभएको बताए । यस्तै उनले ओलीले आफूलाई कारबाही गर्नु भनेको हास्यादपद रहेको पनि बताए ।