राप्रपा अध्यक्ष कमल थापा भन्छन्, महाभूकम्पबाट ध्वस्त पुनर्निर्माण प्रशंसनीय छ

बैशाख १०, काठमाडोँ-    राप्रपा अध्यक्ष कमल थापाले २०७२ सालको महाभूकम्पबाट ध्वस्त संरचना निर्माण कार्य प्रंशसनीय भएको बताएका छन् ।

उनले ध्वस्त संचनाहरुले काठमाडौँको सौन्दर्य बढाएको समेत बताएका छन् ।

सामाजिक सञ्जाल फेलबुकमा उनले लेखेका छन्,धरहरा,रानीपोखरी,नेपाली सेनाको मुख्यालय,दरवार हाइस्कूलको पुनर्निर्माण र नयाँ स्वरुप प्रशंसनीय छ र राम्रो छ।

यिनीहरूले काठमाडौँको सौन्दर्य बढाएका छन्। पुनर्निर्माणमा संलग्न सबैलाई उनले धन्यवाद समेत प्रकट गरेका छन् ।