‌ओलीले बनाए नयाँ स्थायी कमिटी

वैशाख १०, काठमाडौं -सत्ताधारी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन् ।

पछिल्लो समयमा एमालेमा विवाद समाधानको पहल भइरहेका बेला ओलीले एकलौटी रुपमा स्थायी कमिटी गठन गरिएको हो । नयाँ समितिमा एमालेका उपाध्यक्ष बामदेव गौतम समेटिएका छन् । तर पार्टी भित्रको
असन्तुष्ट नेपाल समूहलाई समाबेश गरिएको छैन

स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।