सलमानको ‘राधे’को ट्रेलर सार्वजनिक (भिडियो)

 

बैशाख ९, काठमाडौं – सलमान खानद्धारा अभिनितख चलचित्र ‘राधे’को ट्रेलर सार्वजनिक भएको छ ।

खानको मुख्य भूमिका रहेको सिनेमालाई सलमानकै प्रोडक्सन हाउसबाट निर्माण गरिएको हो ।

सिनेमालाई प्रभु देवाले निर्देशन गरेका हुन् । सिनेमामा सलमान सी बि आइ पुलिस अफिसर भूमिकामा देखिएका छन् ।

इदको अवसर पारेर मे १३ मा सिनेमा हलमा र ओटीटी प्लेटफर्ममा एक साथ रिलिज हुँदै छ । खानको अलावा सिनेमामा सलमानसँगै दिशा पटानी, रणदीप हुन्ड्डा, ज्याकी श्राफ लगायतका कलाकारको अभिनय रहेको छ ।