प्रदेश १ का मुख्यमन्त्रीलाई यौनशोषणको आरोप लगाउने बालिका पक्राउ

बैशाख ९, काठमाण्डौ- नेपाल प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । उनलाई एमालेको पार्टी कार्यालय थापाथलीबाट पक्राउ गरिएको हो ।

आजै एमालेको नयाँ पार्टी कार्यालय उद्घाटन गरिएको थियो । त्यहाँ गएको बेला उनलाई प्रहरीले पक्राउ गरिएको हो ।

प्रहरीले उनलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गालीगलौज गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले खड्कालाई अहिले सिंहदरबार वृत्तमा राखिएको जनाएको छ ।
पक्राउ परेकी खड्काले मुख्यमन्त्री राईलाई यौनशोषण गरेको आरोप लगाउँदै आएकी छन् ।