एमाले विवाद : आज पनि ओली–नेपाल भेट

बैशाख ९, काठमाडौं -नेकपा एमालेको विवाद समाधानको लागि बुधबार मात्रै भेटवार्ता गरेका दुई शीर्ष नेताहरुबीच आजपनि भेट हुदैछ ।


नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज फेरि भेटवार्ता हुने भएको हो ।

बुधबारको भेटमा सकारात्मक छलफल भएको बताइएको थियो ।

दुवै पक्षका नेताहरुले निष्कर्षमा पुग्न नसकेको बताएका थिए । हिजोको भेटमा देशभर एमाले कार्यकर्ताहरुमा उत्साह देखिएको छ ।

यसअघि बिहिबार विहान प्रधानमन्त्री ओलीले पार्टीमा कुनैपनि गुटगत राजनीति स्वीकार नहुने बताएका थिए ।
आज दिउँसो पुनः मेरियट होटलमै दुई नेताबीच छलफल हुने भएको हो ।