रहेनन्  काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर एवम् पूर्वमन्त्री प्रयागराज सिंह सुवाल

बैशाख ६, काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर एवम् पूर्वमन्त्री प्रयागराज सिंह सुवालको ९३ वर्षको उमेरमा निधन भएको छ। सुवालको  आइतवार बेलुकी आफ्नै निवास काठमाण्डौ ओमबहालमा निधन भएको हो।

उनी लामो समयदेखि उच्च रक्तचाप र मृगौला सम्बन्धी समस्याबाट पीडित थिए । उनको आजै अन्तिम संस्कार गरिनेछ।२०१० सालमा भएको काठमाण्डौ नगरपालिकाको पहिलो निर्वाचनमा सुवाल नगर उपसभापति (उपमेयर) मा निर्वाचित भएका थिए भने काठमाण्डौ नगरपालिकाको दोस्रो निर्वाचनमा भने सुवाल मेयरमा निर्वाचित भएका थिए ।

सुवाल २०३० सालमा नगेन्द्रप्रसाद रिजालको प्रधानमन्त्रीत्व कालमा यातायातमन्त्री बनेका थिए।राणा शासकले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मारेपछि राणाविरोधी आन्दोलनमा लागेका सुवालले लामो समय जेलजीवन समेत बिताउनुपरेको थियो ।