‘घुर घुर’ मा वर्षा र युवराजको अभिनय

बैशाख ५, काठमाडौं  – युवराज चौलागाईंको आवाज र लय सिर्जनामा समावेश गीत ‘घुरघुर’ सार्वजनिक भएको छ ।

कौशिला खनाल कर्माचार्यको शब्दमा तयार भएको गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् । भिडियोमा गायक युवराज सँग वर्षा राउतको अभिनय रहेको छ ।

गीतको संगीत संयोजन रिकेश गुरुङको रहेको छ । धिरज जङ साहाको छायाङ्कन रहेको भिडियोलाई सम्पादन र कलरिङ् गर्ने काम विकास धमलाले गरेका छन् । भिडियोलाई युवराजले आफ्नै च्यानल बाट सार्वजनिक गरेका छन् ।