विराट गोल्डकपको उपाधि एपीएफलाई

बैशाख ५, काठमाडौं – भारतको पञ्जाव पुलिसलाई १–० गोलअन्तरले पराजित गरी छैटौं विराट गोल्डकपको उपाधि विभागीय टोली एपीएफले जितेको छ । जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ

एपीएफका आशिष लामा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले मोटरसाइकल पुरस्कार पाए । विधागततर्फ पनि एपीएफकै बर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक राजु नगरकोटी, डिफेण्डर सनिश श्रेष्ठ, मिडफिल्डर मणि लामा र प्रशिक्षक सुमित श्रेष्ठ एपीएफकै हुन् ।

उत्कृष्ट गोलरक्षक संकटाका फोडे फोफाना र सर्बाधिक गोलकर्ता विराटनगर–११ का प्रकाश बुढाथोकीसहित सबैले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए । आयोजक विराटनगर–११ अनुशासित टिम चुनियो ।