विश्वकप छनौट पोर्चुगलको पुनरागमन जित

चैत १८, काठमाडौं -फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको तेस्रो खेलमा पोर्चुगलले जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलले लक्जेम्बर्गमाथि सुरुवाती अग्रता उल्टाएर पुनरागमन जित निकालेको हो ।

यस जितसँगै समूह ’ए’ को पोर्चुगलले ३ खेलमा ७ अंक जोड्दै पोर्चुगल शीर्ष स्थानमा रहेको छ ।