सुगम र सोनाको ‘मेरो माया करोडमा’ (भिडियो)

चैत १८, काठमाडौं -गायक सुगम पोख्रेल र सोना आमात्यको आवाजमा गीत ‘मेरो माया करोडमा’ सार्वजनिक भएको छ ।

सागर लम्साल र गोविन्द सिंह विष्टको साथै गायिका स्वयम फिचर्ड रहेको उक्त गीतको शब्द र लय सिर्जना दीपक शर्माको रहेको छ ।

भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । साहस शाक्यको संगीत संयोजन गीतमा रहेको छ । भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।

उक्त भिडियोलाई सम्पादन गर्ने काम नवीन निरौलाले गरेका छन् । भिडियोलाई गायिका अमात्यकै अफिसियल युट्युब च्यानल बाट रिलिज गरिएको हो ।