आफैले गाएका सबै गीत मन पर्छ । – बिन्दु परियार

अहिले केमा व्यस्त हुनुहुन्छ ?

नयाँ गीतको तयारीमा व्यस्त छु ।

पहिलो पटक कुन गीत गाउनुभयो ?

चलचित्र ‘अप्रिल फुल’ को ‘तेरो मेरो पिरती’ ।

गायनको यात्रा कसरी सुरु भयो ?

म गाउँमै गायन प्रतियोगितामा सहभागी भएकी थिएँ । त्यही प्रतियोगितामा प्रथम भएकी थिएँ । त्यसपछि गायनको यात्रा सुरु भएको हो ।

हालसम्म कति वटा गीत गाउनुभयो ?

तीन सय गाएँ ।

तपाईलाई मन परेको गीत चाहिँ ?

आफैले गाएका सबै गीत मन पर्छ । अलिक बढी मन परेको चाहिँ ‘पर्ख पर्ख मायालु’ बोलको गीत हो ।

यो गीतले तपाईंलाई चर्चित बनाएको हो ?

हो ।

अरु कुन कुरामा रुचि राख्नुहुन्छ ?

घुम्न, नयाँ पुस्तकहरू पढ्न ।

मनपर्ने ठाउँहरू कुन–कुन हुन् ?

पोखरा, चितवन हुन् । त्यहाँको प्राकृतिक सुन्दरताले मन लोभ्याउँछ ।