गुटगत भेलामा सहभागि भए कारबाही गर्ने अनेरास्ववियूको चेतावनी

चैत १०, काठमाडौं–नेकपा (एमाले) निकट अनेरास्ववियूले भोलि कनै पनि किसिमको भेला, सम्मेलन आयोजना नगरेको भन्दै त्यस्ता गतिविधिमा संलग्न भए कारबाही गर्ने चेतावनी दिएको छ। सोमबार संयोजक ऐन महरले एक विज्ञप्ती जारी गर्दै त्यस्ता भेलामा संलग्न भए विधान अनुसार कारबाही हुने चेतावनी दिएका हुन् ।

‘अनेरास्ववियू, विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने, पार्टीको अस्तित्व समाप्त पार्ने, कम्यूनिष्ट आन्दोलनलाई कमजोर पार्ने जस्ता गुटबन्दी र अराजकताको पक्षमा भएको सबैखाले गतिविधिको घोर विरोध गर्दछ। तर्सथ भोली २०७७ चैत्र १० गते कनै पनि किसिमको भेला, सम्मेलन आयोजना नगरेको अनेरास्ववियूका आम नेता कार्यकर्तालाई जानकारी गराउदछु,’ जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले संगठनमा घुसपैठ गरी संगठनको विधान विपरितको कुनै भेला, सम्मेलन आयोजना गरेको भएमा अनेरास्ववियु त्यस्ता कुनै पनि भेलामा उपस्थित नहुन अपिल गर्दछ, अन्यथा सगठनका विधान अनुसारको कारबाही हुने जानकारी गराउँदछु।’