‘सी’ डिभिजन लिग – आज दुई खेल हुदै

चैत्र १०, काठमाडौं–सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा प्लानिङ ब्वाइज युनाईटेड र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्लानिङ र स्वयम्भुबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा विरगंज युथ एकेडेमी र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।

विरगंज र समाजबीचको खेल दिउसो ३ बजे सुरु हुनेछ ।आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।