‘डल्ली रेसम’मा पल र पूजाको अभिनय (भिडियो)

चैत १०,काठमाडौं–नायक पल शाह र नायिका पूजा शर्मा अभिनीत गीत ‘डल्ली रेसम’युट्युबमा सार्वजनिक भएको छ ।प्रताप दास र मेलिना राईको भोकलमा तयार गरिएको गीतको शब्द डिपी खनालले कोरेका हुन् ।

नवीन कार्कीको लय सिर्जना र विशाल निरौलाको संगीत संयोजन गीतमा रहेको छ ।भिडियोलाई विकास धमलाले कलरिङ् र सम्पादन गरेका छन् ।

निकेश खडकाको निर्देशन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भिडियोलाई एस् थ्री के एन्टरटेन्मेन्ट बाट रिलिज गरिएको छ ।