शरणार्थी शिविरमा आगलागी हुँदा एक हजार घर नष्ट

चैत १० एजेन्सी -बंगलादेशमा रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ। सोमाबार साँझ कक्स बजार क्षेत्रमा भएको आगलागीले एक हजारभन्दा धेरै घर नष्ट भएको अधिकारीहरूले बताएका छन् ।

शिविरमा अधिकांश घर काठ र बाँसले बनाइएकाले आगो तीव्र गतिमा फैलिएको थियो। अग्नि नियन्त्रक र स्वयंसेवकलाई आगो नियन्त्रणमा लिन घण्टौं संघर्ष गर्नुपरेको थियो । आगलागीमा परी केही मानिसको मृत्यु भएको हुनसक्ने आशंका गरिए पनि अहिलेसम्म पुष्टि नभएको बिबिसीले जनाएको छ।

कक्स बजार शरणार्थी शिविरमा झण्डै ११ लाख रोहिंग्या शरणार्थी बसोबास गर्छन् । तीन वर्षअघि म्यानमार हिंसाका कारण लाखौं रोहिंग्या मुसलमान ज्यान जोगाउनका लागि बंगलादेशमा गएर शरण लिइरहेका छन् ।