‘आँधी तुफान–२’ बन्ने घोषणा

फागुन २६, काठमाडौं – नयाँ नेपाली फिल्म ‘आँधी तुफान–२’ निर्माण घोषणा भएको छ । एक दशक अगाडि निर्माण भएको फिल्म ‘आँधी तुफान’ को सिक्वेलको रुपमा यो फिल्म निर्माण हुन लागेको हो ।

फिल्मका निर्माता मौनता श्रेष्ठ हुन् । मदन घिमिरेको निर्देशक रहने फिल्ममा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोईराल, कनिज कोईराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा आदिले अभिनय गर्दैछन् ।