पुलिस र काठमाडौं मेयर–११ भिड्दै

फागुन २६ काठमाडौं – पहिलो संस्करणको काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने एक मात्र खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र काठमाडौं मेयर–११ भिड्ने छन् । पुलिस र काठमाडौंबीचको खेल बिहान ८ः४५ बजे सुरु हुनेछ ।

आज पुलिस तेस्रो जितको खोजीमा हुनेछ । पुलिस लिग चरणको अन्तिम खेलमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

पुलिसले ३ खेलमा ४ अंक जोडेको छ काठमाडौंको यो तेस्रो खेल हो । काठमाडौंले २ खेलमा २ अंक जोडेको छ ।पहिलो खेलमा बागमतीलाई हराएको काठमाडौं दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो ।