पुनर्स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै

फागुन २६, काठमाडौं – गत पुस ५ गते विघटनपछि फागुन ११ गते पुनर्स्थापना भएको प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो । पहिलो बैठक २३ गते बसेको थियो ।

२३ गतेको पहिलो बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस ल्याएको भन्दै फिर्ता लिन माग गर्दै नेपाली कांग्रेस र जसपाले बैठक अवरुद्ध पारेका थिए । त्यस्तै प्रचण्ड–नेपाल पक्षले पनि बैठक बहिष्कार गरेको थियो।