बागमती प्रदेशमा बुधवार सम्म १५११७२ जनामा कोरोना संक्रमण

फागुन २०, काठमाडौ – बागमती प्रदेशमा वुधवार सम्ममा जम्मा १५११७२ जनामा संक्रमण भएको छ । जस मध्ये करिब ९९ प्रतिसत निको भएका छन ।

यसैगरी करिब ०. ३ प्रतिसत (३७७ जना ) उपचाररत छन । १०१३ जनाको निधन भएको छ । वुधवार यस प्रदेशमा ५७ जनामा नयाँ संक्रमण देखिएको छ। हाल यस प्रदेशमा देशको कुल संक्रमणको करिब ५५ प्रतिशत संक्रमण रहेको छ ।

बिश्व महामारीको रुपमा रहेको कोभिड-१९ रोगबाट हाल सम्ममा नेपालमा २७४३८१ जना संक्रमित भएकोमा करिब ९८.६ प्रतिसत निको भएको, करिब ०.३ प्रतिसत उपचाररत रहेको र १.० प्रतिसत (वा ३०१० जना) को दुखद् निधन भएको छ ।