प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

फागुन ११, काठमाडौं  – प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले आह्वान गरे अनुसार सुरक्षा परिषद्को नियमित बैठक अहिले बिहान साढे ९ बजे बस्ने भएको हो ।

आजका लागि आह्वान गरिएको बैठक नियमित बैठक भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी हुनेछन् ।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र वैशाखमा हुने चुनाव लगायतका विषयमा छलफल हुने बताइएको छ ।