‘बी’ डिभिजन लिगका बाकी खेल आजबाट सुरु

फागुन ११, काठमाडौं – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत बाँकी रहेको खेलहरु आजबाट सुरु हुने भएको छ ।

कोरोना भाईरसको महामारीको कारण स्थगित ‘बी’ लिग आजबाट फेरि सुरु हुन लागेको हो । पहिलो दिन आज लिगमा दुई खेल हुनेछ ।

एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच खेल हुनेछ ।

कोरोनाका कारण लिग गत वर्षको चैत ५ गतेबाट स्थगित भएको थियो ।