च्याम्पियन्स लिग फुटबल – लिभरपुलको सहज जित

फागुन ५, एजेन्सी  – इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई २- ० गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै लिभरपुलको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेग खेल लिभरपुलको मैदानमा मार्च १० मा हुनेछ ।