मदनकृष्ण श्रेष्ठको आवाजमा ‘फूल बुट्टे सारी’ – हेरौ भिडियो

फागुन ५, काठमाडौं  – मदनकृष्ण श्रेष्ठको स्वरमा ‘फूल बुट्टे सारी’ सार्वजनिक भएको छ ।

फिमेल, मेल र चाइल्ड भर्जन तिनै वटा सार्वजनिक भए सँगै कलाकार मदन कृष्ण श्रेष्ठको आवाजमा लिजेन्डरी भर्जन देभी ड्यान म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

राजन राज सिवाकोटीको शब्द र संगीतमा तयार पारिएको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् ।

उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको भिडियोमा कलाकार मदन कृष्ण श्रेष्ठ र मिथिला शर्मा फिचर्ड छिन ।