युभेन्ट्सको जितमा रोनाल्डोको गोल

माघ २५, एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २- ० गोल अन्तरले हराएको छ ।

जितसंगै युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले २० खेलमा ४२ अंक जोडेको छ ।

युभेन्ट्स शीर्ष स्थानको इन्टर मिलान भन्दा ५ अंकले पछाडी रहेको छ । रोमा ४० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।