बुटवलमा प्रचण्ड-माधव पक्षको शक्ति विरोध प्रदर्शन शुरू

माघ १५, काठमाडौं – नेकपा प्रचण्ड(माधव पक्षले रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले बिहीबार लुम्बिनी प्रदेशस्तरीय विरोध प्रदर्शन र सभा गरेर आफ्नो शक्ति देखाएको हो ।

कार्यक्रममा अध्यक्षद्धय प्रचण्ड–नेपालले सम्बोधन गर्नेछन् । सभाअघि बुटवलका तीन ठाउँबाट र्याली निकालिएको थियो । केन्द्रीय संघर्ष समितिले तय गरेको आन्दोलनको नयाँ कार्यक्रमअन्तर्गत बिहीबार लुम्बिनी प्रदेशस्तरीय विरोधसभामा शुरु भएको हो।