अपरिचित व्यक्तवाट ४ लाख ५० हजार रुपैयाँ लुटपाट

माघ१५, काठमाडाै – महोत्तरीकाे भंगहा नगरपालिका-५ राजपुरबाट हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले बुधबार दिउँसो ४ लाख ५० हजार रुपैयाँ लुटपाट गरेका छन् ।

स्वालम्बन लघुबित्त बितीय संस्थाका कर्मचारी सिरहा लहान नगरपालिका-१४ बस्तीपुर बस्ने भागबत यादवले उक्त संस्थाको मासिक किस्ता उठाई ज.८ प १०२६ नम्बरको मोटरसाइकलमा सितापुरतर्फ जाने क्रममा उनको साथमा रहेको उक्त रकम लुटपाट गरी ती व्यक्तिहरु फरार भएको बताइएको छ ।

लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।