काठमाडौमा प्रदुषण बढ्यो, सकेसम्म घर बाहिर ननिस्कन वातावरण विभागको आग्रह

पुष २१, काठमाडौं –  उपत्यकामा बायुप्रदुषण बढेसंगै घर बाहिर ननिस्कन वातावरण विभागले आग्रह गरेको छ ।

वायु प्रदूषण सम्बन्धी सूचना निकाल्दै वातावरण विभागले बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका र मुटुका बिरामीहरु सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

सोमबारदेखि मौसममा आएको बदलावसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको हुनाले विभागले यो आग्रह गरेको हो ।

बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएकाले घरबाहिर निस्कदा विशेष सावधानी अपनाउन विभागले सुझाएको छ ।

त्यस्तै तराई क्षेत्रका शहरहरूमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको सावधानी अपनाउन अनुरोध गरेको छ ।