श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

पौष २१, काठमाडौ- ईलामको देउमाई नगरपालिका-८ आमबोटेका ३३ बर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

आज बिहान साँढे ५ बजेको समयमा राईले सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएकोे छ ।

घटना वारे अन्य थप अनुसन्धान भईरहेको छ ।