घाम ताप्दै, कपडा सिलाउदै

काठमाडौँ-नारायणकृण्ण परियार र पुतली परियार बर्षौ देखि सिलाई काम गर्दै आएका छन । चन्द्रागिरी नगरपालिकामा पर्ने किटिनी भञ्ज्याङका उनिहरु स्थानीय वासिन्दा हुन । ६ वर्ष अगाडी सम्म बालेघरे प्रथामा सिलाई गर्ने उनिहरु अहिले भने नगदमा काम गर्दै आएको बताए । आधुनिकताको ठूला ठूला कुरा गर्ने स्थानीयहरुले अझै पनि छुवाछुत गर्ने गरेको उनिहरुले गुनासो गरे ।